नेपाल न्युज प्वाइन्ट डटकम
रवि लामिछाने र छविलाल जोशीविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भएको छ ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले रविसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएका हुन् ।

लामिछाने र जोशी हाल कास्की प्रहरीको हिरासतमा छन् ।​ स्वर्णलक्ष्मीको रकम अपचलनमा संलग्न आरोपमा थप २२ जनाविरुद्ध यसअघि नै अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ । स्वर्णलक्ष्मीका अध्यक्ष भने गितेन्द्रबाबु (जीबी) राई हुन् ।

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update