पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने
काठमाडौं : पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
यस्तै आज सरकारी कार्यालयहरु र नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय पनि भएको सरकारका प्रवक्ता गुरुङले बताए ।
बैठकले ढुंगानाको निधनमा गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरेको छ ।
ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने पनि प्रवक्ता गुरुङले बताए ।
ढुंगानाको आइतबार दिउँसो उपचारको क्रममा निधन भएको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१ ०९:४४
प्रतिक्रिया दिनुहोस्