११ सयले बढ्यो सुनको मूल्य
काठमाडौंः मंगलबार सुनकोमूल्य ११ सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला एक लाख ६१ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा एक लाख ६२ हजार एक सय रुपैयाँ कायम भएको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला एक हजार नौ सय २० रुपैयाँ रहेको चाँदी आज बढेर तोलामा एक हजार नौ सय ५५ रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१ ११:५०
प्रतिक्रिया दिनुहोस्