सहकारी पीडितहरुको प्रदर्शनका क्रममा माइतीघरमा झडप
काठमाडौं : सहकारी पीडितहरुको प्रदर्शनका क्रममा माइतीघरमा झडप भएको छ । पीडितहरु बानेश्वरतर्फ जान लाग्दा प्रहरीले रोकेपछि झडप भएको हो ।
प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । प्रहरीको बलप्रयोगमा केही प्रदर्शनकारी घाइते भएका छन् । एक जनाको टाउको फुटेको छ ।
सहकारीमा वचत गरेको रकम फिर्ता नपाएकाहरुले आफूहरुको रकम फिर्ता पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए ।
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१ १५:४४
प्रतिक्रिया दिनुहोस्