१ हजारले बढ्यो सुनको मूल्य
काठमाडौं : नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो ।
बुधबार तोलाको १ लाख ६३ हजार रूपैयाँमा कारोबार भएको सुन आज १ लाख ६४ हजार रुपैयाँमा कारोवार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार १ हजार ९ सय ५० रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१ १३:०१
प्रतिक्रिया दिनुहोस्