१७ सयले बढ्यो सुनको मूल्य
काठमाडौं : नेपाल सुनचाँदी व्यवसायी महासंघ नेपालका अनुसार आज सुनको मूल्य रु एक हजार सात सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक लाख ६५ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६७ हजार दुई सय कायम भएको हो ।
यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । शुक्रबार प्रतितोला रु एक हजार नौ सय ४० मा कारोबार भएकामा आजका लागि रु एक हजार नौ सय ६० निर्धारण भएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१ १२:४०
प्रतिक्रिया दिनुहोस्