नेपाल न्युज प्वाइन्ट डटकम
भरतपुर भ्रमण वर्षको उद्घाटन, भरतपुरले काम गरेर देखाउनुपर्छ भन्ने कुरा स्थापित गरेको छ : मेयर दाहाल

चितवन : ‘घुमौं भरतपुर’ भन्ने नाराका साथ भरतपुर भ्रमण वर्ष शुरू भएको छ । नारायणी नदी किनारमा भरतपुर महानगरपालिकाद्वारा आयोजित भ्रमण वर्षको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले उद्घाटन गरे । 

उद्घाटन समारोहमा प्रधानमन्त्री दाहालका साथै पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्वमन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी उद्घाटन समारोहमा उपस्थित भएका छन् ।

उद्घाटन समारोहमा मेयर रेणु दाहाल भरतपुरको विकासका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले खेलेको भूमिका प्रशंसनीय रहेको बताइन् ।

उनले बोलेर नभइ काम गरेर देखाउनुपर्छ भन्ने कुरा भरतपुर महानगरपालिकाले स्थापित गरेर देखाएको दाबी गरिन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास गर्न स्थानीय  तह आफैमा बलियो हुनेपर्ने बताइन् ।

त्यस्तै महानगरपालिकाको समृद्धिका लागि पूर्वप्रधानमन्त्रीहरू, दलका नेताहरू, सरोकार तथा नगरबासीलाई धन्यवाद दिइन् ।   

उनले भरतपुर भ्रमण वर्षले आर्थिक, सामाजिक, धार्मिक र प्राकृतिक रुपमा विश्वका पर्यटकलाई आकर्षित गर्ने उदेश्य रहेको बताइन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update