नेपाल न्युज प्वाइन्ट डटकम
चीन भ्रमणबारे प्रधानमन्त्रीले गरे पूर्वप्रधानमन्त्रीहरूसँग छलफल

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे सरोकारवालासँग परामर्श गरेका छन् ।  सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरूसँग परामर्श गरेका हुन् । 

छलफलमा पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी सहभागी छन् । त्यसैगरी पूर्व परराष्ट्रमन्त्रीहरू नारायणकाजी श्रेष्ठ लगायत छन् । 

प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदै छन् । यो मिति घोषणा उनले गत शुक्रबार दरबारमार्गमा आयोजित पार्टीको सभामार्फत् गरेका थिए । प्रधानमन्त्री ओलीले पछिल्लोपटक सत्ता सम्हालेको १०० दिनसम्म पनि भारतबाट भ्रमणको निम्तो नपाएपछि चीन भ्रमणको गृहकार्य सुरु गरेका थिए ।

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update