नेपाल न्युज प्वाइन्ट डटकम
कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा

काठमाडौं : मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी रिहा भएका छन् ।

जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले अधिकारीमाथि मुद्दा नचलाउने निर्णय गरेसँगै उनी रिहा भएका छन् । 

जिल्ला सरकारी वकिल कार्यालयले पर्याप्त आधार र प्रमाण नदेखिएको जनाउँदै अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो ।

पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णय गर्दा उनले जापानबाट नेपाल प्रहरीका डीआईजी चन्द्रकुवेर खापुङ र राजन अधिकारीलाई पठाएको म्यासेजलाई मुख्य आधार बनाइएको छ ।

जापानमा हुने इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को सात दिने कार्यक्रममा पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका अधिकारीसहित चार जना कात्तिक ११ गते गएका थिए । 

उनीसँगै गएका जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई जापानको अध्यागमनले डिपोर्ट गरेको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  २०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update