नेपाल न्युज प्वाइन्ट डटकम
एनपीएलको उत्कृष्ट नेपाली खेलाडीले ओमोडाको गाडी पुरस्कार पाउने

काठमाडौं : ओमोडा एन्ड जेइकोले नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा सह-प्रायोजकको रूपमा साझेदारी गरेको छ ।

नेपाल क्रिकेट संघ र ओमोडा एन्ड जेइकोबीच एनपीएल प्रायोजनको लागि मंसिर ११ गते एमओयु हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्‌का, क्यान र एनपीएलका सदस्यहरू, एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडा तथा अन्य व्यवस्थापकीय सदस्यहरूको उपस्थिति थियो ।

नेपाल प्रिमियर लिगको पहिलो संस्करण एनपीएल २०२४ का खेलहरू कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यही मंसिर १५ देखि पुष ६ गतेसम्म हुने तालिका रहेको छ ।

एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले ओमोडा एन्ड जेइको र एनपिएलबीचको यो सहकार्यले नेपालमा क्रिकेटको प्रवर्द्धन र विकासका लागि टेवा पुऱ्याउने विश्वास व्यक्त गरे । उनले क्रिकेटको लागि लोकप्रियता तथा सफलता पाउँदै गरेको यो परिदृष्यमा खेल विकासका लक्ष्यहरू हासिल गर्न सहयोग पुर्‍याउने बताए ।

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update