नेपाल न्युज प्वाइन्ट डटकम
ग्लोबल आइएमई बैंकको नयाँ शाखा महोत्तरीको गौशालामा

महोत्तरी : ग्लोबल आइएमई बैंकले महोत्तरीको गौशालामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले महोत्तरीको गौशाला नगरपालिका– ५ गौशालामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । 

बिहीबारदेखि गौशाला शाखाबाट सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध भएको बैंकले जनाएको छ । बैंकको सो नयाँ शाखासँगै शाखा कार्यालयको संख्या तीन सय ५६ पुगेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  २०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update