दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार
काठमाडौं : प्रधानमन्त्रीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै परेको रिट सर्वोच्चले खारेज गरिदिएको हो ।
न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले रिट खारेज गर्न आदेश दिएको हो ।
गैरकानूनी रुपमा प्रसाईंलाई थुनामा राखेको दाबी गर्दै उनका छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए ।
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१ १६:४५
प्रतिक्रिया दिनुहोस्