सिटिजन्सले ल्यायो नयाँ घरकर्जा योजना
काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनलले एकल अंकमा घरकर्जा सुविधा उपलब्ध गराउने भएको छ । ‘सपनाको घरलाई दिनुहोस आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नारासहित बैंकले ७ वर्षको लागी स्थिर रहने गरी ९.९९५ मा घर कर्जा योजना सार्वजनिक गरेको हो ।
सात वर्ष पछि भने बैंकको प्रचलित औसत मासिक आधार दर भन्दा १५ बढीको प्रिमियम दर लागू हुनेछ । कर्जा रकमको ०.५० प्रतिशत व्यवस्थापन शुल्क लाग्ने जनाइएको छ । घर कर्जा अन्तर्गतका अन्य सुविधामा निःशुल्क क्रेडिट कार्ड, डेविट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितको छुट रहेको बैंकले जानकारी दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८० २०:१३
प्रतिक्रिया दिनुहोस्