नेपाल न्युज प्वाइन्ट डटकम
मौन अवधि सुरु हुनुअघि कीर्तिपुरमा तीन ठूला दलको चुनावी सभा

काठमाडौं : मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा मौन अवधि सुरु हुनुअघि ठूला राजनीतिक दलहरुले कीर्तिपुरमा चुनावी सभा आयोजना गरेका छन् ।

कीर्तिपुरमा हुन लागेको मेयर र दुई वडाध्यक्ष पदको निर्वाचनलाई केन्द्रमा राखेर नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै चुनावी सभा गरेका हुन् ।

चुनावी प्रचारप्रसारको अन्तिम दिन कांग्रेसको तर्फबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, एमालेको तर्फबाट महासचिव शंकर पोखरेललगायत र माओवादीको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता राजेन्द्र पाण्डेलगायतले आ–आफ्नो चुनावी सभालाई सम्बोधन गरेका छन् ।

कीर्तिपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने बुधबार चनावी सभा गरेको थियो । कीर्तिपुरको मेयर पदका लागि १९ जना चुनावी मैदानमा छन् । यहाँ विषेशगरी कांग्रेसबाट कृष्णमान डंगोल, एमालेबाट डा. सुरेन्द्र मानन्धर, नेकपा माओवादी केन्द्रका डा. शिवशरण महर्जनबीच तीव्र प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । ठूला राजनीतिक दलहरुलाई स्वतन्त्र उम्मेदवारहरुले पनि चुनौती बढाइरहेका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update