नेपाल न्युज प्वाइन्ट डटकम
अन्तःशुल्क स्टिकर प्रकरणमा विकल पौडेललाई ८ वर्ष कैद

काठमाडौं : विशेष अदालतले अन्तःशुल्क छपाइ प्रकरणमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठलाई ८–८ वर्ष कैद सजाय सुनाएको छ ।

त्यस्तै दुवै जनालाई जनही ३ करोड ४२ लाख २२ हजार ८ सय रुपैयाँ बिगो र त्यति नै जरिवाना पनि अदालतले तोकेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय खुसीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले गत कात्तिक १४ गते गरेको फैसलामा बिहीबार सजाय निर्धारण गरेको हो ।

यसै प्रकरणमा मुछिएका पूर्वमुख्यसचिव वैकुण्ठ अर्यालले भने सफाइ पाइसकेका छन् । सफाइ पाए पनि उनले पदबाट राजीनामा दिइसकेका छन् ।

गत असार ९ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्क स्टिकर छपाइका क्रममा अनियमितता गरेको आरोपमा तत्कालीन मुख्यसचिव अर्यालसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । यस प्रकरणमा ३८ करोड रूपैयाँ भ्रष्टाचार भएको अख्तियारको दाबी थियो । 

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update