श्रीलंकाले नेपाललाई दियो २३४ रनको लक्ष्य
काठमाडौं : एसीसी यु-१९ एसिया कपमा श्रीलंकाले नेपाललाई २३४ रनको लक्ष्य दिएको छ ।
यूएईको शारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९. ४ ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको हो ।
श्रीलंकाका शारुजन शानमुगनाथनले ६२ रन बनाए । नेपालका सन्तोष यादवले ४ विकेट लिए ।
यूएईमा आजदेखि शुरू भएको प्रतियोगितामा आठ वटा देश सहभागी छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१ १४:२५
प्रतिक्रिया दिनुहोस्