नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्रीको चीन भ्रमण तालिका सार्वजनिक

काठमाडौं : परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको कार्यक्रम सार्वजनिक गरेको छ ।

मन्त्रालयले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्रीले डिसेम्बर २ देखि ५ (मंसिर १७ देखि २० गते) सम्म जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण गर्न लागेको जनाएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनिया राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेट गर्नेछन् । समकक्षी ली छ्याङसँग प्रधानमन्त्री ओलीले पारस्परिक हितका विविध विषयमा द्विपक्षीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रले उल्लेख गरेको छ ।

भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार युवराज खतिवडा, प्रतिनिधिसभा सदस्यहरू, उच्चपदस्थ सरकारी अधिकारीलगायत निजी क्षेत्रका प्रतिनिधि र संचारकर्मीहरु सहभागी रहनेछन् ।

प्रधानमन्त्री नेतृत्वको टोली मंसिर २० गते स्वदेश फर्कनेछ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update