९ जना अध्यागमन अधिकृतले पाए सफाइ
काठमाडौं : नरबिर खड्कासहित ९ जना अध्यागमन अधिकृतले सफाइ पाएका छन् । फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको मुद्दामा उनीहरुले सफाइ पाएका हुन् ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राम प्रसाद शर्माले उनीहरूलाई सफाइ दिएका हुन् । सफाइ पाउनेमा अधिकृतहरू विमल पौडेल, ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विष्णु अर्याल, विकाश डंगोल, पिताम्बर रिमाल र सुजन फागो छन् ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा रहँदा उनीहरूले भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर आर्थिक लेनेदन गरेको आरोप लागेको थियो ।
लिखत किर्ते तथा संगठित अपराध सम्बन्धी कसुरमा ४ जनालाई कसुरदार कायम गर्ने निर्णय भएको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१ ०८:२७
प्रतिक्रिया दिनुहोस्