नेपाल न्युज प्वाइन्ट डटकम
न्याय सेवा आयोगले गर्‍यो सचिवदेखि अधिकृतसम्मका तीन सय बढीको सरुवा (सूचीसहित)

काठमाडौं : न्याय, कानुन र सरकारी वकिलतर्फ सचिवदेखि शाखा अधिकृतसम्मका कर्मचारीको सरुवा, पदस्थापन तथा नियुक्ति भएको छ ।

न्याय सेवा आयोगको शुक्रबार बसेको बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव)देखि राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत)सम्मका कर्मचारीको सरुवा, पदस्थापन तथा नियुक्ति गरेको हो ।

सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव आलोकचन्द्र श्रेष्ठ नेपाल कानुन आयोगमा सरुवाका लागि सिफारिस भएका छन् भने कानुन आयोगका सचिव पाराश्वर ढुंगानालाई कानुन आयोगबाट सत्य निरूपण तथा मेलमिलाप आयोगमा पठाउने निर्णय गरेको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update