नेपाल न्युज प्वाइन्ट डटकम
पेट्रोलको मूल्य बढ्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ बढाइएको हो । 

यो सँगै पहिलो वर्गमा पेट्रोलको मूल्य १ सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १ सय ५९ र तेस्रो वर्गमा १६० कायम भएको छ ।

हवाई इन्धनको मूल्य पनि बढेर आएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर १५ डलरले मूल्यवृद्धि भएको निगमले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  २०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update