रोल्पामा निर्माणाधीन पुलको पर्खाल भत्किँदा पाँच जनाको मृत्यु
काठमाडौंः रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँच जनाको मृत्यु भएको छ ।
जिल्लाको सुनछहरी गाउँपालिका वडा नम्बर–३ मा मौलाबाङ र बाहिरी गाम जोड्ने गरी बनिरहेको झोलुङ्गे पुलको पर्खाल भत्किँदा सोही ठाउँका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार, २७ वर्षीया आईती परियार, र देवीराम परियारको मृत्यु भएको हो ।
आज बिहान ९ः५० बजे पुलको पर्खाल भत्किएर पुरिँदा पाँचै जनाकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१ १३:५०
प्रतिक्रिया दिनुहोस्