नेपाल न्युज प्वाइन्ट डटकम
यी हुन् नेपाल-चीनबीच भएका सहमति र समझदारी

काठमाडौं : नेपाल र चीनबीच विभिन्न ९ समझदारी पत्रमा हस्ताक्षर भएको छ। मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री लि छ्याङको उपस्थितिमा परराष्ट्र सचिव अमृत र चिनियाँ विदेश मन्त्रालयका प्रतिनिधिले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। 

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले ९ विषयमा सहमति समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिए ।

उनका अनुसार टोखा छहरे सुरूङमार्गसम्बन्धी पत्रको आदानप्रदान, नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र, नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न प्रमाणपत्रको आदानप्रदान, तयारी भैंसीको मासु निर्यातसम्बन्धी प्रोटोकललगायतमा हस्ताक्षर भएको हो ।

यस्ता छन् सहमति :

- टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान
- नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र
- नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान
- थर्मल्ली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल
- विकास योजना सम्बन्धी समझदारी पत्र
- आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र
- नगद सहयोग सम्बन्धी पत्र आदानप्रदान
- स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र र
- नेपाल टेलिभिजन  र चाइना मिडिया ग्रुप बीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update