जनकपुरमा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु, स्थानीय आन्दोलित

जनकपुर : जनकपुरधाममा स्कुल बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीमा एञ्जल्स बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा ३५ वर्षीया राखी देवी यादवको घटनास्थलमै मृत्यु भएको हो ।
बस चालकको लापरबाहीले दुर्घटना भएको भन्दै स्थानीय आन्दोलित भएका छन् । स्थानीयले दुर्घटनामा परेको बस तोडफोड समेत गरेका छन् । स्थानीयले ठक्कर दिने बस जलाउने प्रयास गरेपछि प्रहरीसँग झडप भएको छ ।
स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढुंगामुढा गरेका छन् । त्यसक्रममा करिब आधा दर्जन अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८० १४:१४
प्रतिक्रिया दिनुहोस्