लुम्बिनीले विराटनगरलाई दियो १९२ रनको लक्ष्य
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १९२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९१ रन बनाएको हो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले २९ बलमा ४६ र टम मूर्सले १७ बलमा ३० रन बनाए ।
अर्जुन साउदले १७, आशुतोष घिरैयाले १५ र सन्दीप जोराले १२ रन बनाए । साद बिन जफरले १५ रनको योगदान गरे । विवेक यादव १९ रनमा नटआउट रहे ।
विराटनगरका लागि सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामी मगरले एक-एक विकेट लिए ।
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१ १४:४४
प्रतिक्रिया दिनुहोस्