शालिनको पोष्टमार्टम रिपोर्ट : बलात्कार पुष्टि भएन, झुण्डिएका कारण मृत्यु

काठमाडौं : चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी शालिन पोखरेलको शव परीक्षण 'पोष्टमार्टम' रिपोर्ट आएको छ । १४ वर्षीया शालिनको ‘झुण्डिएको कारण’ मृत्यु भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ ।
शव परीक्षणबाट शालिनको बलात्कार भएको देखिएको छैन । आफन्तले बलात्कारको आशंका गरेकाले चिकित्सहरुले शालीनको संवेदनशील अंगको पनि जाँच गरेका थिए । शालिनको कन्याजाली नच्यातिएको (हाइमेन इन्टयाक्ट) रहेको पोष्टमार्टमाबाट खुलेको छ ।
पीडित परिवारले उनको शरीरमा चोटपटक रहेको दाबी गर्दै आएका छन् । तर पोष्टमार्टम रिपोर्ट अनुसार शरीरमा ठुलो चोटपटक देखिएको छैन ।
गत फागुन १२ गते स्काउटको डोरीमा होस्टलको कोठाभित्र झुण्डिएको अवस्थामा उनको शव भेटिएको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८० १४:२२
प्रतिक्रिया दिनुहोस्