नेपाल न्युज प्वाइन्ट डटकम
रविसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ । बुधबार वीरगञ्जको सानो पाइला सहाकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।

तत्कालिन वीरगन्ज उपमहानगरपालिकाको ८, १३, १४, १८ र १९ नम्बर वडा कार्यक्षेत्र रहेको सानो पाइला सहकारीमा करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत थियाे । सहकारीमाथि ऐन विपरीत सदस्य समेत नरहेका वीरगन्ज बाहिरका व्यक्तिलाई करिब ९२ करोड रुपैयाँ लगानी गरेर अपचलन गरेको आरोप छ ।

यो सहकारीबाट जीबी राई सञ्चालक रहेको नेचर हब इन्टरनेशनलाई १ करोड ३७ लाख, नेचर नेष्ट प्रालिलाई १ करोड ८५ लाख र स्प्रीङ वुड रियल स्टेटलाई १ करोड एक लाख कर्जा, विशाल तामाङको नाममा ६ करोड ८३ लाख, छविलाल जोशीको नाममा १ करोड ८६ लाख, तिर्थराज लामिछानेको नाममा १ करोड ६ लाख, विमला पौडेलको नाममा २ करोड सात लाख कर्जा प्रवाह गरिएको खुलेको प्रहरीले जनाएको हाे  ।

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update