सुनको मूल्य घट्यो
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज छापावाल सुन तोलामा ६०० रुपैयाँले घटेर १ लाख ५० हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन प्रतितोला १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढेर प्रतितोला एक हजार ८९० रुपैयाँमा कारोबार महासंघले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१ ११:५९
प्रतिक्रिया दिनुहोस्