नेपाल न्युज प्वाइन्ट डटकम
परराष्ट्रमन्त्री साउदको फिनल्याण्ड भ्रमण रद्द

काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउदको फिनल्याण्ड भ्रमण स्थगित भएको छ । फिनल्याण्डको हेल्सिन्कीमा आयोजना हुने कार्यक्रममा सहभागी हुन आइतबार राति परराष्ट्रमन्त्री साउद त्यसतर्फ प्रस्थान गर्ने तयारीमा थिए । तर अन्तिम समयमा उक्त भ्रमण रद्द भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

परराष्ट्र मन्त्रालयले ‘विशेष परिस्थिति’ भएको कारण देखाउँदै भ्रमण स्थगित भएको जनाएको छ । तर सत्ता गठबन्धनमा समस्या देखिएसँगै साउदको फिनल्याण्ड भ्रमण स्थगित भएको बुझिएको छ ।

आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुढानिलकण्डस्थित आफ्नो निवासमा कांग्रेसका मन्त्रीहरूलाई पनि बोलाएर छलफल गरेका थिए । 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  २०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update