नेपाल न्युज प्वाइन्ट डटकम
भत्कियो सत्ता गठबन्धन, आजै नयाँ मन्त्रिपरिषद्

काठमाडौं : सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो ।

सोमबारै मन्त्रिपरिषद समेत पुनर्गठन हुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेसहित रास्वपा, जसपा र जनमत सहभागी हुने भएका छन् ।

पुस १० को गठबन्धन ब्युँत्याउने प्रयास भए पनि राप्रपालाई सहभागी गर्ने नगर्नेबारे निश्चित भैसकेको छैन ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update