एमालेबाट पदम गिरी मन्त्री बन्ने

काठमाडौं : सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन् ।
बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले आजै नयाँ मन्त्रिमण्डल गठन हुने जानकारी दिएका थिए ।
रास्वपाबाट सभापति रवि लामिछाने मन्त्रीका रूपमा शपथ लिने बताइएको छ । आजै साँझसम्म नयाँ मन्त्रिमण्डल गठन गर्ने र शपथ समेत हुने एमाले नेताहरूको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८० १०:०८
प्रतिक्रिया दिनुहोस्