नेपाल न्युज प्वाइन्ट डटकम
‘द्वन्द्वपीडितका समस्या सरकारले समाधान गर्छ’

बाँकेः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका द्वन्द्वपीडितका समस्या सरकारले समाधान गर्ने बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० को मानव अधिकार सूचना तथा स्रोत केन्द्रको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले द्वन्द्वकालमा राज्य र विद्रोही दुवै पक्षबाट सबैभन्दा बढी लुम्बिनी प्रदेश प्रभावित भएको बताए । उनले यस क्षेत्रका सबै द्वन्द्वपीडितको अभिभावक भनेको प्रदेश सरकार हो भने । 

कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले स्रोत केन्द्रलाई अनुसन्धान केन्द्रका रुपमा विकास गरिने योजना सुनाए । इन्सेकका पूर्वअध्यक्ष सुवोधराज प्याकुरेलले १० डिसेम्बर मानव मर्यादाका लागि वैधानिक नैतिक दस्तावेज सार्वजनिक भएको बताए । मानव अधिकार रक्षाका लागि केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरे ।  

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update