बीआरआई फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक
काठमाडौँ : नेपाल-चीनबीच गत साता बेइजिङमा सम्पन्न बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार अपराह्न आफ्नो वेबसाइटमा यसको पूर्णपाठ राखेको हो ।
अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले स्वदेश फर्कनुअघि बीआरआई सहकार्य फ्रेमवर्कको दस्तावेज आफूले पढ्न नपाएको, त्यो पारदर्शी हुने अपेक्षा राखेको टिप्पणी गरेकै भोलिपल्ट दस्तावेज सरकारले सार्वजनिक गरेको हो ।
बीआरआई मार्फत नेपाल चीन सहकार्यको उद्देश्य, सहकार्यका क्षेत्र, प्राथमिकता, आर्थिक सहकार्यका विषयहरू, पारवहन कनेक्टिभिटी लगायत बुँदामा फ्रेमवर्क समेटिएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेस तथा एमा
लेबिच अहिलेसम्म पनि बिआरआईको फ्रेमवर्कमा एकमत हुन सकेको छैन । नेपाली कांग्रेस ऋणको रुपमा बीआरआई परियोजना कार्यान्वयन गर्न नहुने पक्षमा छ ।प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१ १८:३२
प्रतिक्रिया दिनुहोस्