राजनीतिक समीकरण फेरिएसँगै संसद बैठक २४ फागुनसम्मका लागि स्थगित

काठमाडौं : संसद बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको छ । राजनीतिक समीकरण फेरिएसँगै प्रतिनिधि सभाको बैठक पनि स्थगित भएको हो ।
सोमबार ११ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको हो । विशेष परिस्थितिका कारण बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले सरकारमा रहेका सबै मन्त्री हटाएर एमालेसहितको सानो आकारको नयाँ मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेपछि सभामुख देवराज घिमिरे बैठक के गर्ने भनेर आन्तरिक परामर्श गरेका थिए ।
नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीसहितको सरकार बन्ने भएको छ । सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीमण्डल गठन गर्ने पनि तयारी भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८० ११:३६
प्रतिक्रिया दिनुहोस्