लुम्बिनीविरुद्ध काठमाडौं १०३ रनमै अलआउट
काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई १ सय ४ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको काठमाडौं १९.२ ओभरमा १ सय ३ रनमै अलआउट भयो ।
काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३१ रन जोडे भने डान डौथवेटले २१, प्रतीक श्रेष्ठले २० तथा स्टीफन एस्किनाजीले १३ रन जोडे ।
लुम्बिनीका लागि सादबिन जाफरले ३, अभिशेष गौतम र रामोन सिमन्ड्सले २/२ तथा विवेक यादवले १ विकेट लिए ।
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१ १४:३६
प्रतिक्रिया दिनुहोस्