नेपाल न्युज प्वाइन्ट डटकम
पत्रकार महासंघको निर्वाचनका लागि मतदान जारी

काठमाडौं : नेपाल पत्रकार महासंघको निर्वाचनका लागि शुक्रबार मतदान जारी रहेको छ ।

जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिका लागि एकैचोटी मतदान भएको हो । शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान अपराह्न ४ बजेसम्म चल्नेछ ।

नेपाली कांग्रेसनिकट प्रेस युनियन र नेकपा (एमाले) निकट प्रेस चौतारीबीच गठबन्धन भएको छ भने नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टरसहित विभिन्न ६ संगठनले अध्यक्षमा युनियनका बागी रमेश विष्टलाई समर्थन गरेका छन् ।

चुनावी मैदानमा अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update