राष्ट्रपतिद्वारा पाँच देशका लागि राजदूत नियुक्त
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले पाँचवटा देशका राजदूत नियुक्त गरेका छन् ।
पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका राष्ट्रपति नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसअनुसार पोर्चुगलका लागि प्रकाशमणि पौडेल, स्पेनका लागि सनिल नेपाल, दक्षिण अफ्रिकाका लागि प्रा.डा कपिलमान श्रेष्ठ, बेल्जियमका लागि सेवा लम्साल र दक्षिण कोरियका लागि डा शिवमाया तुम्बाहाङफेलाई राजदूत नियुक्त गरेका हुन् ।
उनीहरुलाई संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूतमा नियुक्त गरेको जनाइएको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१ १२:४१
प्रतिक्रिया दिनुहोस्