राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यले लिए शपथ

काठमाडौं : राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नयाँ बानेश्वरस्थित संसद भवनमा संघीय संसद सचिवालयद्वारा आज आयोजित समारोहमा सभाका उपाध्यक्ष उर्मीला अर्यालले उनीहरुलाई सपथ दिलाएकी हुन् । सो अवसरमा उपाध्यक्ष अर्यालले नयाँ सदस्यहरुलाई सभाको प्रतीक चिह्न लगाइदिइन् भने सचिवालयका कर्मचारीले अध्ययन सामग्री वितरण गरे ।
राष्ट्रिय सभा सदस्यका १९ पदका लागि गत माघ ११ गते निर्वाचन भएको थियो । समारोहमा उपप्रधानमन्धी एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि उपस्थिति थियो ।
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८० १२:१९
प्रतिक्रिया दिनुहोस्