नेपाल न्युज प्वाइन्ट डटकम
चौरजहारी नगरपालिकाले गर्‍यो लक्ष्यभन्दा बढी राजस्व संकलन

रुकुम पश्चिम : रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । चौरजहारी नगरपालिकाले लगातार दोस्रो वर्ष (आर्थिक वर्ष २०७९/८० र २०८०/८१) मा लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको हो ।

आर्थिक वर्ष २०८०/८१ मा २ करोड ४२ लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा ३ करोड ८ लाख रूपैयाँ संकलन भएको छ । अघिल्लो आर्थिक वर्षमा पनि २ करोड २२ लाख रूपैयाँ राजस्व संकलनको लक्ष्य राखिएकोमा २ करोड ३२ लाख ७४६ रूपैयाँ संकलन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिए ।

राजस्व संकलन गर्ने मातहतका निकाय, कर्मचारीहरूलाई लक्ष्य तोकेर जिम्मेवार बनाइयो, नियमित अनुगमन गरियो र एकमुष्ट प्रगतिको आधारमा जनप्रतिनिधि र कर्मचारीलाई नगरसभामा पुस्कारसहित सम्मानको वातावरणले पनि राजस्व संकलन लक्ष्यभन्दा बढी भएको उनले बताए ।

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update