तेस्रो पटक सर्किट ब्रेकपछि शेयर कारोबार बन्द
काठमाडौं : राजनीतिक उतारचढावका बीच धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा ६ प्रतिशतको वृद्धिपछि कारोबार बन्द भएको छ ।
३ पटक सर्किट ब्रेक लागेपछि आजका लागि कारोबार नै स्थगित भएको हो । कारोबार शुरु भएको ३ मिनेटमै अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात ७९ दशमलव २९ अंक बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो ।
२० मिनेटपछि खुलेको कारोबारमा फेरि ५ प्रतिशत (थप १ प्रतिशत विन्दु) अर्थात ९८ अंक बढेपछि दोस्रो सर्किट लागेको थियो । दोस्रो सर्किट ब्रेकपछि ४० मिनेटका लागि कारोबार स्थगित भयो । त्यसपछि तेस्रो सर्किट ब्रेक लागेपछि आजका लागि कारोबार स्थगित भएको हो ।
समग्रमा सोमबार बजारको परिसूचक नेप्से ६ प्रतिशत अर्थात ११७ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०७८ अंकमा कायम भएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८० १३:०३
प्रतिक्रिया दिनुहोस्