
काठमाडौं : नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाको उम्मेदवारहरु टुंगो लगाएको छ । आइतबार बसेको माओवादीको पदाधिकारी बैठकले ६ जना उम्मेदवारको नाम टुंग्याएको हो ।
माओवादीले कोशी प्रदेशमा महिलातर्फ चम्मादेवी कार्की, बागमती प्रदेशमा अन्यतर्फ श्रीकृष्ण अधिकारी र गण्डकी प्रदेशमा महिलातर्फ मनरूपा शर्मालाई उम्मेदवार बनाउने भएको छ ।
त्यस्तै बैठकले लुम्बिनी प्रदेशमा अन्यतर्फ झक्कु सुवेदी, कर्णाली प्रदेशमा दलिततर्फ विष्णु विश्वकर्मा र सुदूरपश्चिम प्रदेशमा महिलातर्फ रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सत्ता गठबन्धनमा भएको भागबण्डा अनुसार राष्ट्रियसभामा चुनावबाट चयन हुने १९ मध्ये ६ सिट माओवादीले पाएको छ ।
आगामी माघ ११ गते राष्ट्रिय सभाका १९ पदका लागि चुनाव हुँदै छ । त्यसका लागि सोमबार उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।