आज तीन मन्त्रीले शपथ लिँदै, को-को बन्दैछन् मन्त्री ?

काठमाडौं : सत्ता गठबन्धन फेरिएसँगै आज सानो आकारको मन्त्रीमण्डल गठन गरिँदै छ । सोही अनुसार नयाँ सत्ता गठबन्धनका तीन जना नयाँ मन्त्रीहरू शपथ लिने भएका छन् ।
सोमबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले नेकपा एमालेबाट पदम गिरी, नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डिपी अर्याललाई मन्त्री बनाउने निर्णय गरेको छ । उनीहरुको मन्त्रालय भने टुंगो लागिसकेको छैन ।
आज दिउँसो साढे २ बजे नयाँ सत्ता समीकरणको बैठक बोलाइएको छ । उक्त बैठकमा गठबन्धनमा मन्त्रालय बाँडफाँटलगायत विषयमा लिखित सहमति गर्ने तयारी छ ।
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८० १३:१२
प्रतिक्रिया दिनुहोस्