एनपीएल : सुदूरपश्चिम र जनकपुरले क्वालिफायर, कर्णाली र चितवनले एलिमिनेटर खेल्ने
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफ समीकरण टुंगिएको छ । लिगको अन्तिम खेलमा सोमबार सुदूरपश्चिमले कर्णाली याक्सलाई हराएपछि प्लेअफको समीकरण तय भएको हो ।
सुदूरपश्चिम ७ खेलमा ५ जितसहित शीर्ष स्थानमा समान ५ जितसहित जनकपुर बोल्ट्स दोस्रो, ४ जितसहित चितवन राइनोज तेस्रो र समान ४ जितसहित कर्णाली चौथो स्थानमा रहँदै प्लेअफको यात्रा तय गरेको हो ।
अब सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले एनपीएलको पहिलो क्वालिफायर खेल्ने भएका छन् । यस्तै चितवन राइनोज र कर्णाली याक्सले एलिमिनेटर खेल्ने भएका छन् ।
क्वालिफायर र एलिमिनेटर खेल बुधबार हुनेछ । दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित भएको टोली र एलिमिनेटरमा विजयी भएको टोलीले प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल पुस ६ गते हुनेछ ।
प्रकाशित मिति: सोमबार, पुस १, २०८१ १२:२८
प्रतिक्रिया दिनुहोस्