काेरम नपुगेपछि अर्थ समितिकाे बैठक स्थगित
काठमाडौं : सांसदको कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित भएको छ ।
सोमबार बिहान सिंहदरबारमा बोलाइएको बैठकमा समितिका सदस्यहरूको गणपूरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो ।
बैठकमा सत्ता पक्षीय सांसदहरूको उपस्थिति न्यून भएपछि बैठकका लागि गणपूरक सङ्ख्या नपुगेको हो । बैठकमा १२ जना सांसद उपस्थित भए बहुमत पुग्ने तर ११ जनामात्र उपस्थित भएका थिए ।
सुरक्षित काराेबार ऐन, २०६३ काे संशोधन गर्न बनेकाे विधेयक माथिकाे छलफलका लागि आज समितिकाे बैठक बाेलाईकाे थियाे । समितिमा अर्थमन्त्रीसहित अन्य समितिका सदस्यहरूसमेत अनुपस्थित थिए ।
प्रकाशित मिति: सोमबार, पुस १, २०८१ १२:३४
प्रतिक्रिया दिनुहोस्