नेपाल न्युज प्वाइन्ट डटकम
प्रहरीले बुझायो रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन, तीन मुद्दामा कारबाही सिफारिस

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ ।

प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा कारबाही माग दाबी गर्दै प्रतिवेदन बुझाएको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको पुष्टि गरेको छ ।

हिरासतमा राखेर अनुसन्धान गर्न थपिएको म्याद सकिनुअघि नै प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको हो । काठमाडौँमा पक्राउ परेर कास्कीको पोखरा लगिएका लामिछाने झन्डै ६० दिनदेखि प्रहरी हिरासतमा छन् ।

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update