निकोलस भुसालले भने- रविको हिरासतभित्रको फोटो मैले खिचेको हुँ, माफी चाहन्छु
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका समर्थक डा. निकोलस भुसालले सामाजिक सन्जालमा भाइरल भइरहेको रवि लामिछानेको फोटो आफूले खिचेको बताएका छन् । यसमा कुनै खराब नियत नभएको भन्दै उनले गल्ती महसुस गर्दै माफी मागेका छन् ।
'फोटो रियल हो मैले नै खिचेको हो । गल्ती भएको हो माफी चाहन्छु,' उनले लेखेका छन्, 'मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन । भ्रममा नपर्न अनुरोध । म स्वास्थ्य अवस्था बुझ्न गएको थिएँ ।'
डा. भुसालले दुई दिनअघि नै यो फोटो फेसबुकमा राखेका थिए भने पछि डिलिट गरेका थिए ।
बुधबार रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले फोटो फेसबुकमा राखेपछि भाइरल भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१ ११:४८
प्रतिक्रिया दिनुहोस्