सुर्खेतमा घरभित्र निसास्सिएर आमा छोराको मृत्यु
सुर्खेत : सुर्खेतमा घरभित्र निसास्सिएर आमा छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर–४ भैरबस्थानको समावेशी टोल बस्ने ३० वर्षीया देवीसरा थापा र उनका ६ वर्षीय छोरा रियान थापा रहेका छन् ।
घरभित्र सुतिरहेका आमा, छोराको बुधबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।
देवीसराका ९ वर्षीया छोरी रिया थापाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको डिएसपी विश्वकर्माले जानकारी दिए ।
घटना बुधबार रातिको भए पनि बिहीबार बिहान साढे ९ बजे मात्र प्रहरीलाई खबर पुगेको थियो । घरभित्र कोइला बालेको र धुवाँमा निसास्सिएर उनीहरूको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१ १७:४७
प्रतिक्रिया दिनुहोस्