काठमाडौं : नेपाल विश्वविद्यालयको कुलपतिको पदमा डा.बिन्दुनाथ लोहनी चार वर्षका लागि नियुक्त भएका छन् ।
नेपाल विश्वविद्यालय ऐन २०८१ को व्यवस्था अनुसार संरक्षण परिषदको पहिलो बैठकले शुक्रबार डा.लोहरीलाई नियुक्त गरेको हो ।
सन् १९७० मा भारतको बिरला इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्वर्ण पदकसहित सिभिल इन्जिनियरिङमा स्नातक अध्ययन पूरा गरेका डा. लोहनले सन् १९७४ मा अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातकोत्तर र सन् १९७७ मा एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी, बैंककबाट वातावरणीय प्रविधि र व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन् ।
कुलपतिमा नियुक्त भएपछि शुक्रबार बसेको परिषदको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयलाई संस्थागत विकास गर्न पहिलो चरणमा स्रोत जुटाउने कामलाई प्राथमिकता दिने बताए ।