नेपाल न्युज प्वाइन्ट डटकम
जनकपुरले जित्यो एनपीएलको उपाधि

काठमाडौं : पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो ।

जनकपुरका लागि लहिरु मिलन्थाले अर्थशतकीय इनिङ खेले । उनले ४९ बलमा ९ चौका र ६ छक्काको सहयोगमा ८७ रन बनाए । आसिफ शेखले १९ बलमा ३३ रन बनाए । सुदूरपश्चिमका लागि स्कट कुग्गेलेइन, दीपेन्द्र सिंह ऐरी, सैफ अलि जेब र इशान पाण्डेले समान १-१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि सैफ अलि जेब अर्धशतकीय पारी खेले । उनले ४३ बल खेल्ने क्रममा ८ चौका र २ छक्काको साहरामा ६९ रन बनाए । साथै विनोद भण्डारीले ३१ बल सामना गर्दै १ चौका र ३ छक्कासहित ४१ रन बटुले ।    

सुदूरपश्चिमका लागि अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् । ब्राण्डन म्याक मुलेन र हर्मित सिंहले समान १४ रन बनाए भने स्कट कुग्गेलेइनले १३ रन बटुले ।

जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले तीन÷तीन विकेट लिए भने जिमी निशम र ललित राजवंशीले १-१ विकेट लिए ।

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update