ग्लोबल आइएमईका थप दुई शाखारहित बैंकिङ सेवा सञ्चालनमा
काठमाडौं : ग्लोबल आइएमई बैंकले थप दुई स्थानबाट शाखा रहित बैंकिङ सेवाको सुरुवात गरेको छ ।
बैंकले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाको बन्दिपुर गाँउपालिका–६, हुस्लाङ र बन्दिपुर गाँउपालिका–६, साराङघाटमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यी दुई नयाँ शाखा रहित बैंकिङ सेवाको सञ्चालनसँगै बैंकका शाखा रहित बैंकिङ सेवाको संख्या दुई सय ७७ पुगेको छ ।
बैंकको तीन सय ५४ शाखा कार्यालय, तीन सय ७९ एटिएम, दुई सय ७७ शाखा रहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सय भन्दा बढी सेवा केन्द्र रहेका छन् ।
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८० २२:०८
प्रतिक्रिया दिनुहोस्