नेपाल न्युज प्वाइन्ट डटकम
रवि लामिछानेविरुद्ध आज अदालतमा मुद्दा दर्ता हुँदै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा लागिएको छ । लामिछानेलाई केहीबेर अघि जिल्ला अदालतमा लागिएको हो ।

उनीविरुद्ध आज जिल्ला अदालत कास्कीमा अभियोग दर्ता हुँदैछ । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसँगै बाँकी ५ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोग दर्ता गराउन लागेको हो ।

पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा सरकारी वकिलको कार्यालयले शुक्रवार सहकारीका तत्कालीन अध्यक्ष एवं ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।  बाँकी प्रतिवादी विरुद्ध आज मुद्दा गराउने तयारी गरिएको हो । 

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update